१५ चैत २०८०, बिहिबार

 दुई खेलअगावै मछिन्द्रले जित्यो शहीद स्मारक ए डिभिजन लिगको उपाधि

  • ४ फागुन २०७८, बुधबार
Image

काठमाडौं । मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ। बुधबार सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेसँगै मछिन्द्र दुई खेल बाँकी छदै लिग च्याम्पियन बनेको हो।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र र सातदोबाटोबीच खेल भएको थियो। उक्त खेलमा नोर्लान नोभ्रुजोभले खेलको ५३औँ मिनेटमा गोल गर्दै मछिन्द्रलाई जित दिलाएका हुन्। यससँगै मछिन्द्रले लगातार दोस्रो पटक लिगको उपाधि जितेको छ । यसअघि २०७६ मा मछिन्द्रले उपाधि जितेको थियो।

जितसँगै ११ खेलबाट २९ अंक जोडेको मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा मछिन्द्र ९ अंकले अगाडि छ । मछिन्द्रले अब थ्री स्टारसँग र एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। ती दुबै खेलमा पराजित भए पनि मछिन्द्र उपाधि विजेता हुनेछ।


प्रतिक्रिया

सम्बन्धित खवर