१६ चैत २०८०, शुक्रबार

प्रतिनिधिसभाको बैठक साढे ६ बजेसम्मका लागि स्थगित

  • १५ फागुन २०७८, आइतबार
Image

काठमाडौं- प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् ।

अबको संसद् बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ। मन्त्रिपरिषद् बैठक बसेर एमसीसीको व्याख्यात्मक घोषणा पारित गरेपछि आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी निर्णयार्थ पेश हुनेछ । मन्त्रिपरिषद् बैठक पनि संसद् भवनमै बस्ने तयारी भएको छ।

सदनमा भएको सैद्धान्तिक छलफलमा बोल्ने सांसदहरूले सरकारले ल्याउन लागेको व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्यता दिने कि नदिने भन्ने विषयमा प्रश्न उठाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर