१५ चैत २०८०, बिहिबार

यस्तो छ संसद्‌बाट अनुमोदन भएको एमसीसीको पूर्णपाठ

  • १६ फागुन २०७८, सोमबार
Image

काठमाडौं- प्रतिनिधि सभा बैठकबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता आइतबार अनुमोदन भएको छ। संसद्बाट आइतबार अनुमोदन भएको सम्झौतामा नेपालले ५० करोड डलर अनुदान प्राप्त गर्ने र नेपालले त्यसमा १३ करोड डलर लगानी गर्नुपर्ने उल्लेख छ।

एमसीसीबाट प्राप्त अनुदान विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारमा खर्च गर्ने भनिएको छ। 

यस आयोजनाको प्रसारण लाइनसम्बन्धी अंश करिब ३१५ किमि लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन (केही क्वाड–सर्किट टावरहरूसहित) डिजाइन गर्न तथा निर्माण गर्नमा केन्द्रित हुनेछ। यसले नेपालका विभिन्न नदी क्षेत्र तथा विद्यमान उच्च क्षमतायुक्त ग्रीडबीच भइरहेको जोडाइको अभावलाई सम्बोधन गर्नेछ। प्रसारण लाइनको मार्ग तथा यसका खण्डहरूको छनोट होशियारीपूर्ण विश्लेषण तथा सम्भाव्यता अध्ययनका आधारमा गरिएका थिए। उक्त विश्लेषण तथा सम्भाव्यता अध्ययनका क्रममा प्राविधिक एवं आर्थिक गुणस्तर, नेपालको मध्यम एवं दीर्घकालीन विद्युत् आपूर्तिसम्बन्धी लक्ष्यहरू तथा नेपालको आन्तरिक तथा सीमापार प्रसारण लाइन लगानी योजनाहरूसँगको सामञ्जस्यतालाई दृष्टिगत गरिएको थियो।

पाँच करोड २२ लाख अमेरिकी डलरको लगानीमा सञ्चालन गर्न लागिएको सडक मर्मत आयोजनाको उद्देश्य सडक विभाग तथा सडक बोर्ड नेपालको निर्माण क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग, बढीमा ३०५ किमि रणनैतिक सडक सञ्जालको मर्मत सम्भार तथा नेपालको सडक मर्मत बजेट विस्तारलाई प्रोत्साहन गर्न मिलान कोष (म्याचिङ फण्ड) को व्यवस्थामार्फत नेपालको रणनैतिक सडक सञ्जालको गुणस्तरमा सुधार गर्नु रहेको छ।

सडक मर्मत आयोजनाले नेपाल सरकार तथा एमसीसीका नीतिहरूको पालना गर्नुका साथै विद्यमान अन्तरराष्ट्रिय प्राविधिक, वातावरणीय तथा सामाजिक मापदण्डहरू तथा सर्वोत्कृष्ट अभ्यासहरूलाई पनि ध्यानमा राख्नेछ। यस आयोजनाका दुई प्रमुख क्रियाकलाप प्राविधिक सहयोग र रणनैतिक सडक सञ्जालको मर्मतसम्भार हुन्।

यस आयोजना अन्तर्गत उपलब्ध गराइने प्राविधिक सहयोगले सडक मर्मतसम्भारसम्बन्धी योजना तर्जुमा, मूल्याङ्कन तथा नियमित एवं आवधिक मर्मतसम्भार कार्य कार्यान्वयनसम्बन्धी सडक विभाग तथा सडक बोर्ड नेपालको क्षमता अभिवृद्धि गर्नेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर