३२ असार २०८१, सोमबार

थप १ सय ५८ जनामा कोरोना संक्रमण

  • १७ फागुन २०७८, मङ्गलबार
Image

काठमाडौं । नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले दिएको जानकारी अनुसार  सोही अवधिमा ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । मंगलबार ४ हजार ४ सय ५८ जनाको पीसीआर र २ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ९ सय ३८ जना सङ्क्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। हाल मुलुकमा ७ हजार ९ सय ७१ जना सक्रिय संक्रमित छन् । आज १ लाख ८ हजार १ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो केही दिन यता नेपालमा संक्रमण दर घट्दो क्रममा रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर