१६ चैत २०८०, शुक्रबार

मौसम : मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना

  • १८ फागुन २०७८, बुधबार
Image

काठमाडौं- बुधार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर