६ वैशाख २०८१, बिहिबार

कांग्रेस प्रवक्ताको प्रश्न- एमसीसी लागू भएको कुन देशमा अमेरिकी सेना आयो ?

  • २४ फागुन २०७८, मङ्गलबार
Image

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता  प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने कुराको निर्णय केन्द्रले गर्न नहुने बताएका छन्। ११२ औँ  नारी दिवसको अवसरमा नेपाली कांग्रेस कागेश्वरी मनोहरा-९ इकाईले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने बताए । कांग्रेस बलियो बनाउन टोल टोलबाट जुट्नुपर्ने उनको भनाइ छ ।

प्रवक्ता महतले भने, ‘हिजोको कुराले भएको मनमुटाव बिर्सेर अगाडि बढ्नु जरुरी छ। बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा भैसक्यो । प्रदेश केन्द्र जति बेला पनि हुन सक्छ सबै जना तयार रहनुहोला।’ नेपालका कम्युनिस्टहरू भ्रमको प्रचारमा विश्वास गर्ने उनले बताए। भ्रम टिकाएर जनतामा शासन गर्ने अभिप्रायमा कम्युनिस्ट पार्टीहरू लागेको उनले आरोप लगाए । सोही कारण एमसीसी सदनबाट पास गर्नमा पनि ढिलो भएको उनले बताए।

एमसीसीबारे बाहिर हल्ला चलेको कुरामा कुनै पनि सत्यता नभएको उनले बताए । ‘३०५ किलो मिटर सडक ४०० के.बी बिजुली ल्याउन सहमत भएरै एमसीसीमा हामीले निवेदन दिएको हो। नेपालमा विद्युत र सडकको विकास हुँदा  कसरी राष्ट्रघात भयो ? एमसीसी लागू भएको कुन देशमा अमेरिकी सेना आयो ? उनले प्रश्न गरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर