१६ चैत २०८०, शुक्रबार

रुसी आक्रमणमा १३ सय युक्रेनी सैनिक मृत्यु, ५०० रुसी सेनाद्वारा आत्मसमर्पण

  • ३० फागुन २०७८, सोमबार
Image

किभ- रुसले फेब्रुअरी २४ देखि निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ। उक्त आक्रमणको प्रतिवाद गर्ने क्रममा १३ सय युक्रेनी सेनाको मृत्यु भएको जनाइएको छ। 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेयता करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको जनाएका हुन्। रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ। रुसी सैनिकले राजधानी किएभलाई घेराबन्दीको प्रयास गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघले शनिबार युक्रेनमा अहिलेसम्म ५७९ जना सर्वसाधारणको मृत्यु भएको छ। यस्तै एक हजार दुईजना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेका पनि दाबी गरेका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले शनिबार इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटसँग छलफल गरेका छन्। रुस–युक्रेन वार्ताको सम्भावनाबारे उनीहरुबीच छलफल भएको हो। यस्तै मेलितोपोल शहरमा रुसी सैनिकले नयाँ मेयर नियुक्त गरेको दाबीसहितका खबर स्थानीय सञ्चारमाध्यममा आएका छन्।

रुसले शहरमा कब्जा जमाएको छ। गएको शुक्रबार रुसले इभान फेडोरोभलाई नियन्त्रणमा लिएको थियो। अहिले रुसले आफ्नो पक्षमा रहने नयाँ मेयर नियुक्त गरेको दाबी छ। यसैबीच राष्ट्रपति जेलेन्स्कीले पहिलोपटक एक महिलालाई सर्वोच्च नागरिक सम्मान ‘हिरो अफ युक्रेन’ प्रदान गरेका छन्। जेलेन्स्कीले रुससँगको युद्धमा देशको रक्षाका लागि खटिएका ८ जनालाई सो सम्मान प्रदान गरेका हुन्। त्यसमा एक महिला पनि रहेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर