१६ चैत २०८०, शुक्रबार

एकीकृत समाजवादीले जनपरिचालन अभियान चलाउने

  • ३ चैत २०७८, बिहिबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

'जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ' नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ। त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक-एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 


यी नेतालाई जिम्मेवारी 

प्रदेश नम्बर १ – प्रमेश हमाल, उपाध्यक्ष 

मधेश प्रदेश – जगन्नाथ  खतिवडा, उप महासचिव

वाग्मती प्रदेश – गङ्गलाल तुलाधर, उप महासचिव

गण्डकी प्रदेश  – जयन्ती राई, उपाध्यक्ष 

लुम्बिनी प्रदेश – विजय पौडेल, उपमहासचिव

कर्णाली प्रदेश – बेदुराम भुषाल, महासचिव

सुदूरपश्चिम प्रदेश – रामचन्द्र झा, सचिवालय सदस्य

 

प्रतिक्रिया

सम्बन्धित खवर