९ असार २०८१, शनिबार

तात्यो चुनावी माहोल, म्यादी प्रहरी बन्नेको भीड (तस्वीरहरू)

  • ७ चैत २०७८, सोमबार
Image

काठमाडौं - स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले खुलाएको दरखास्त अनुसार म्यादी प्रहरीमा भर्ती हुने आकर्षण देखिएको छ।

देशका विभिन्न प्रहरी कार्यालयमा आयतबार म्यादी प्रहरी बन्न दरखास्त दिनेको घुइँचो लागेको छ। चैत १ गते प्रकाशित सूचनाअनुसार आइतबारदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिनेछ।

दरखास्तका लागि युवायुवतीदेखि दुधे बच्चा बोकेर समेत प्रहरी कार्यालयमा भीड लागेको छ। सरकारले स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग गरेको छ। 



प्रतिक्रिया

सम्बन्धित खवर