२२ वैशाख २०८१, शनिबार

भारतकाे राजदूतमा शंकर शर्मा नियुक्त

  • ६ चैत २०७८, आइतबार
Image

काठमाडौं- भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत रहेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर