१६ चैत २०८०, शुक्रबार

थाहा पाउनुस्, आजको मौसमी अवस्था

  • ८ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी मंगलबार राति देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

बुधबार दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ। त्यसैगरी प्रदेश १  पहाडी भू-भागको केही स्थानमा मेघ गर्जन \ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर