१६ चैत २०८०, शुक्रबार

कांग्रेसलाई बहुसंख्यक स्थानमा जिताउने गरी चुनावी तालमेल हुन्छ : महामन्त्री शर्मा

  • १६ चैत २०७८, बुधबार
Image

काभ्रे- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने बताएका छन्। 

कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले स्थानीय स्थिति,भावना र आवश्यकताका आधारमा तालमेल हुने बताएका हुन्। महामन्त्री शर्माले तालमेल बाध्यकारी भने नभएको बताए। ‘केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा तालमेल गर्न सकिने भनेको हो; यो बाध्यकारी छैन,’ उनले भने, ‘स्थानीय आवश्यकता, स्थिति र भावनाका आधारमा सम्बन्धित तहले निर्णय गर्न सक्नुहुन्छ।

’गठबन्धन हुँदा साझा घोषणापत्र लगायत तयार हुनुपर्ने भन्दै उनले कांग्रेसलाई बहुसंख्यक स्थानमा जिताउने गरी तालमेल गर्न लागिएको दाबी गरे। भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्नुपर्ने तर्क आइरहेको भन्दै उनले कांग्रेस केन्द्रीय संसदीय बोर्डले यसबारे निर्णय लिने बताए।

‘अघिल्लो पटक माओवादी केन्द्रलाई सघाएको कारण यसपटक कांग्रेसलाई सघाउनुपर्छ भन्ने तर्क पनि छ; यसबारे साझा धारणा बनाएर माओवादी समेतलाई विश्वासमा लिएर अघि बढ्छौं‚’उनले भने।

अघिल्लो स्थानीय तहमा पराजित भएका १ सय ५५ स्थानीय तहमा १० प्रतिशत र ८४ स्थानीय तहमा ५ प्रतिशत मत बढाउँदा कांग्रेस विजयी हुन सक्ने तथ्यांक रहेको भन्दै उनले एमाले प्रचार गरिएको जस्तो ‘बलियो’नभएको तर्क गरे।


प्रतिक्रिया

सम्बन्धित खवर