१५ चैत २०८०, बिहिबार

सुदूरपश्चिम स्पोर्टस अवार्डमा खेलाडीले ३५ हजार पुरस्कार पाउने

  • १८ चैत २०७८, शुक्रबार
Image

धनगढी- तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ मा वर्ष पुरुष र महिला खेलाडीले समान ३५-३५ हजार पाउने भएका छन्।

आयोजक सुदूरपश्चिम खेलकुद पत्रकार मञ्चले महिला र पुरुष वर्ष खेलाडीको प्रयोजकसँग सम्झौता पनि गसिकेको जानकारी दिएको छ। वनदेवी युवा क्लबले महिला वर्ष खेलाडीको प्रायोजन गरेको छ भने वर्ष पुरुष खेलाडीको प्रयोजन काठमाडौंको मासह्युम रिर्सोसले गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा अघिल्लो संस्करण पनि क्लबले विधा प्रायोजन गरेर साथ दिएको थियो। विभिन्न प्रतियोगिताहरूको आयोजना गर्दै आएको वनदेवी युवा क्लब महिला गोल्डकपको तयारीमा रहेको छ।

धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको तयारीमा क्लब जुटेको छ। वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुन गइरहेको छ।

‘उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने आयोजकले बताएको छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने छ।

अवार्डमा उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर