१६ चैत २०८०, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय

  • १९ चैत २०७८, शनिबार
Image

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबारको बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी-दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

कार्कीले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौदेखि रहँदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए। उनले भारत भ्रमण मुलुकको हितमा भ्रमण केन्द्रित रहने पनि जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी जानकारी दिए।

त्यस्तै बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने र गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा तीन जनालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।



प्रतिक्रिया

सम्बन्धित खवर