१८ चैत २०७९, शनिबार

भीम रावलको प्रश्न : के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?

  • २ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई  प्रयोग गर्न दिएकोमा  आपत्ति जनाएका छन् । नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् ।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच बुँदे छुट्टाछुट्टै सम्झौता गरेको थियो। सम्झौतामा राप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भागलिन पाउने उल्लेख थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर