९ असार २०८१, शनिबार

उम्मेदवारको टुंगो लगाउन देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

  • ९ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्। बैठकमा डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको जनाएको छ।

बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ।

महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने बारेमा छलफलका लागि बैठक बोलाइएको हो। कांग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर