१६ चैत २०८०, शुक्रबार

जिम्बावे‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै, ३३ ओभरको खेल हुने

  • २६ वैशाख २०७९, सोमबार
Image

काठमाडौं । जिम्बावे‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ ।

आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ ।

यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले पराजित गरेको थियोे । त्यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको नतिजाबाट शृंखला विजेताको टुंगो लाग्नेछ ।

तीन खेलको टी-२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृंखलामा दुवैले एक-एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

नेपालको सुरुवाती–११

सन्दीप लामिछाने (कप्तान), वरिस अहमद, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, सुनिल धमला

प्रतिक्रिया

सम्बन्धित खवर

१८ फागुन २०८०, शुक्रबार
नेपालको रोमाञ्चक जित