३२ असार २०८१, सोमबार

सुवास नेम्वाङकै पालिकामा एमाले पराजित, कांग्रेसका केदार विजयी

  • ४ जेठ २०७९, बुधबार
Image

काठमाडौं- नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको गृहनगर इलाम नगरपालिकामै नेकपा एमाले पराजित भएको छ। स्थानीय तह निर्वाचनमा एमालेका प्रभावशाली नेता भनिएका नेम्वाङकै पालिकामा कांग्रेसले बाजी मारेको हो। 

जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार इलाम नगरपालिका नेपाली कांग्रेसले मेयर-उपमेयरसहित १२ मध्ये ९ वडामा जित हात पारेको छ। 

नगरप्रमुखमा कांग्रेसका उमेदवार केदार थापा विजयी भए।  उनले १३ हजार १६५ मत प्राप्त गरे।  निकटतम प्रतिष्पर्धी एमाले उमेदवार धिरेन कुमार चेम्जोङ २ हजारभन्दा बढी मतान्तरले पराजित भए।  उनले १० हजार ५८७ मत प्राप्त गरेको आयोगले जनाएको छ। 

उपप्रमुखतर्फ पनि कांग्रेसनै विजयी भयो।  कांग्रेस उमेदवार विष्णु कुमारी लिम्बूले १३ हजार ५४२ मत प्राप्त गरिन्।  जवकी नेकपा एमालेबाट उमेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन्। 

 वडातर्फ एमालेले वडा २, ३ र ११ एमालेले जित्दा बाँकी रहेका ९ वडा कांग्रेसले जित्यो।  गएको स्थानीय तह निर्वाचनमा भने नगरपालिका एमालेले जितेको थियो।  एमालेबाट महेश बस्नेत नगर प्रमुख बनेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर