१५ चैत २०८०, बिहिबार

मूल्यवृद्धिविरुद्ध संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

  • १० जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं । सरकारलेहालै गरेको पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि र त्यस कारण बजारमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित एमालेका यज्ञराज सुनुवार र गणेश कुमार पहाडी समर्थक रहेर दर्ता भएको प्रस्तावमा तत्काल संसद्मा यस बारे छलफल गर्न माग गरिएको छ । 

मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै दर्ता भएको प्रस्तावमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भइरहेको चुहावट, कमिसन र अत्यधिक करलाई न्यूनीकरण गर्न सरकारको प्रयासबारे जवाफ मागिएको छ ।

सरकारले गैर जिम्मेवारी प्रदर्शन गरेको र बेमौसमी रूपमा आयल निगमको निजीकरण गर्ने कुरा उठाएको भन्दै प्रस्तावमा यसबारेसमेत जवाफ मागिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर