१५ चैत २०८०, बिहिबार

पूर्वपश्चिम राजमार्गलाई ५ वर्षभित्र कम्तीमा ४ लेनको बनाइने

  • १० जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- सरकारले ५ वर्षभित्रमा पूर्वपश्चिम राजमार्गलाई कम्तीमा ४ लेनको एसियन हाइवेको स्तरमा स्तरोन्नति गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सदनको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उक्त कुरा बताएकी हुन् ।

बुटवल- नारायणगढ, कमला- कञ्चनपुर खण्डको सडक निर्माणलाई तीव्रता दिइनुका साथै  काकडभिट्टा–लौकही-पथलैया–नारायणगढ खण्डको निर्माण कार्य शुरू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

काठमाडौं तराई-मधेश द्रुतमार्ग तोकिएको समयमै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइने राष्ट्रपति भण्डारीले बताएकी छन्। राष्ट्रिय राजमार्ग र तराई मधेशका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा कम्तीमा ४ लेनमा स्तरोन्नति गरिने उनको  भनाइ छ।

सप्तरीको गोविन्दपुर, छिन्नामस्ता हुँदै उदयपुरको गाईघाटसम्मको सडक निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर