१६ चैत २०८०, शुक्रबार

लगन र धैर्यताले सुसज्जित नगर प्रमुख कार्की

  • १३ जेठ २०७९, शुक्रबार
Image


विघ्नैः पुनः पुनरपि प्रतिहन्यमानाः।

प्रारब्धमुत्तमजनाः न परित्यजन्ति।। 

माथि उल्लेखित संस्कृत स्लोकको सारलाई मान्ने हो भने  दृढ सङ्कल्प नै सफलताको साँचो हो । बारम्बार  विध्न आउँदा पनि उत्तम जनहरु प्रारम्भिक कार्यको प्राप्तिका  लागि सङघर्ष गरि रहन्छन् ।

संघर्षको यही गतिको  प्रारम्भ भएको छ । यसलाई कसरी उर्पाजन गर्ने र कसरी  सहि स्थानमा सहि ढंगले प्रयोग गर्ने जुन कुराले आफूले गरेका कार्य देखी आफूलाई भित्री मन देखी नगरको नगरपिता बनाउन कम्मर कसेर लागेका नगरबासीहरु खुशी हुन् । 

आफनो कार्यकाल भरि कुनै बाधा अड्चनले नगर बिकासका गतिविधिमा अवरोध नगरोस् भन्ने कामना गर्दै प्रारम्भ भएको छ  कागेश्वरी मनोहरा नगरपालिकाका नगरपिता(प्रमुख) उपेन्द्र कार्कीको कार्य । 

काँग्रेसको एउटा स्वच्छ, सदाचारी एवंम कर्मठ युवा नेतृत्व जसले आफनो उमेरले थाहा पाए देखी नेपाली काँग्रेसको झण्डालाई आफनो आधारशिला बनाई क्षेत्रीय राजनीतिको शिर्ष नेतृत्वमा पुग्न जसै सफल भएका छन् । 

यी सफलता बिच विभिन्न वाधा र चुनौतिका घेराहरुले उनलाई हरेक पल समाईरहने छ । तर नगर प्रमुख कार्कीमा भएको अद्भुत गुण र कलाकत्मक कार्यशैली यस्ता वाधा र चुनौतिहरुलाई सहजै पाखा लगाउनेमा दुई मत पनि छैन् । 

राजधानीको काँठ क्षेत्र भनेर चिनिएको मुलपानीमा जन्मिएका कार्कीमा बास्तवमै राजनीति देखी सामाजिक चेतना जगाउने अद्भुत कला नै उनको बास्तविक पहिचान हो भन्न रुचाउँछन् उनलाई नजिक बाट चिन्ने उनका बास्तविक सर्मथकहरु । 

काठमाडौँ निर्वाचन क्षेत्र नम्वर २ साच्चै भन्नु पर्दा नेपाली काँग्रेसको राजनीति चलखेलका लागि निकै चुनौतिपूर्ण क्षेत्र हो । राजनीतिक इतिहास र चुनावी माहोललाई दृष्टिगत गर्ने हो यो क्षेत्रमा काँग्रेसको राजनीतिलाई त्यति दमदार मानिदैन् । काँग्रेसको लागि राजनीतिक गतिशिलताको कमि भएको क्षेत्रमा काँग्रेसबाट राजनीति गर्नु र काँग्रेसको संगठनलाई  व्यापक रुपमा बिस्तार गर्नु भनेको आफैमा एउटा कठिन पक्ष पनि थियो । 

यी सांगठनिक कठिन पक्षलाई बिधार्थीकाल देखी निहाल्दै हतार नगरी सुस्त गतिमा राजनीतिक चाललाई अघि बढाई रहेका थिए कार्कीले । 

बिधार्थी संघ, तरुण दल हुँदै नेपाली काँग्रेसको क्षेत्रीय राजनीतिमा आफनो पाइला चालेका कार्की क्षेत्रीय राजनीतिमा प्रवेश काठमाडौँ क्षेत्र नम्वर २ काँग्रेसको लागि सुखद क्षण थियो ।


किनभने ध्वस्त सांगठनिक संरचनालाई पुर्नस्थापित गरि काँग्रेसलाई काँठमा आफनो पहिचान  देखाउने कार्यमा कार्कीको भूमीकालाई नजरअन्दाज गर्ने कुनै बाटो थिएन र कार्कीले सो पल आउन पनि दिएनन् । 

भनिन्छ राजनीतिमा लगन र धैर्यता एक आपसका मिलनबिन्दु हुन् । यदि यो मिलनबिन्दु राजनीतिज्ञमा नहुने हो उसले राजनीति नगर्दा पनि हुन्छ । खुशी मान्नु पर्छ कार्की यी दुबै चिजले सुसज्जित थिए । यही गुणले पनि उनलाई राजनीतिमा अब्बलताको बाटो कोर्न  मद्दत पुगेको छ र पुगीरहने छ ।

पहिलो र दोस्रो कार्यकाल गरि दुई पटक क्षेत्रीय नेतृत्वमा आफनो कार्यकुशलता देखाई सकेका कार्कीले काँग्रेसको क्षेत्रीय संरचनामा ब्यापक सुधार र मजबुत संगठनको रेखा कोरी सकेका थिए । 

राजनीतिमा सधैँ सफलताको स्वाद चाख्न पाइन्छ  भनेर लाग्नेहरुका एउटा दरिलो उदाहरण पनि बनेका छन्  नगर प्रमुख कार्की । 

असफलताले नै सफलताको बिजारोपण गर्छ भन्ने मान्यता राख्ने नगर प्रमुख कार्कीले पनि असफलताको स्वाद नचाखेका भने होइनन् । पहिलो पटक  नगर प्रमुख र  काठमाडौँ काँग्रेसको सभापतिमा बेहोरेको पराजय नै  उनका लागि राजनीतिक शिक्षाको रुपमा रुपान्तरित भएको रहेछ । यही शिक्षाको फल अहिले आएर उनले प्राप्त गरेका छन् । 


एकातिर क्षेत्रीय राजनीतिमा काँग्रेसको संगठनले व्यापकता पाइरहेको छ भने नगर प्रमुखको रुपमा आफनो नगरलाई सबल र सक्षम बनाउने बाटोमा लाग्न पाउँदाको खुशी तत्काल बयान गरि हाल्ने खालको छैन् । 

ऋाम नगरबासीको समस्यालाई आफनो समस्याको रुपमा ध्यान दिने संकल्प सहित नगर प्रमुखको कार्यभार सम्हालेका नगर प्रमुख कार्कीले आमनगरबासीको चुनौतिको रुपमा रहेको स्वास्थ्य, खानेपानी र शिक्षालाई आफनो चुनौतिको रुपमा दृष्टिगत गरि कार्य गर्ने अठोट पनि लिएका छन् । 

यी बाहेक पनि नगरमा विभिन्न चुनौतिका भकारीहरुलाई बिस्तारै खाली गर्दै जाने सोच पनि नगरप्रमुख कार्कीको रहेको छ । भने कागेश्वरी मनोहरा नगर भित्र रहेका कृषी उत्पादन, विभिन्न संस्कृति झल्काउने जात्राहरु देखी नगरमा भै परि आउने हरेक चुनौतिलाई पार लगाउने अठोट पनि उनको छ ।   


प्रतिक्रिया

सम्बन्धित खवर