१६ चैत २०८०, शुक्रबार

निर्मला पन्त हत्या घटनाको अनुसन्धान पहिलो प्राथमिकता : आईजीपी सिंह 

  • १९ जेठ २०७९, बिहिबार
Image

काठमाडौं- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनको प्राथमिकताका आधारमा नै काम गरेको बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले प्रहरी प्रमुख फेरिदैमा संगठनको प्राथमिकता नफेरिने भन्दै प्रहरी प्रमुखको प्राथमिकता नै आफ्नो प्राथमिकता भएको बताएका हुन्।

वस्तुनिष्ठ अनुसन्धान गर्ने, प्रहरीको मनोबल उच्च गर्ने, प्रहरी समायोजनालाई औचित्यपूर्ण निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै प्रहरीको सेवा घर घरमा पुराउने प्राथमिकताका साथ संगठन अघि बढिरहेको उनले बताए। उनले संगठनको प्राथमिकतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए।

उनले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता रहेको धारणा राखे। प्रहरीको सरुवा बढुवा राजनीतिक प्रभावमा नहुने भन्दै उहाले उत्कृष्टताको आधारमा मात्रै हुने जिकिर गरे।

त्यस्तै उनले संयुक्त राष्ट्र संघको शान्ति मिसन बढाउनका लागि पहल गर्ने भन्दै यसका लागि कल्याण महाशाखाका एसएसपीको नेतृत्वमा समिति गठन गरेर पनि काम सुरु गरिसकेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर