३२ असार २०८१, सोमबार

बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो ८ खर्ब ११ अर्ब

  • २७ जेठ २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ।

सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर