१६ चैत २०८०, शुक्रबार

तनहुँको चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु

  • २९ जेठ २०७९, आइतबार
Image

तनहुँ- तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ। चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर