७ वैशाख २०८१, शुक्रबार

मुसामा आरिफ र सोमपालले शतकीय साझेदारी गरे पनि अमरिकासँग पराजित

  • २ असार २०७९, बिहिबार
Image

अमेरिका- विश्वकप लिग-२ क्रिकेटमा नेपाल आयोजक राष्ट्र अमेरिकासँग ३९ रनले पराजित भएको छ। आरिफ शेख र सोमपाल कामीले शतकीय साझेदारी गरे पनि बुधबार राति मुसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको हो। 

आरिफ र सोमपालले छैटौं विकेटमा १ सय ६ रनको साझेदारी गरे पनि अन्तिम ५ विकेट ८ रनमा गुमाउँदा नेपालले पराजय भोग्नु परेको हो। २४६ रनको लक्ष्य लिएर आएको नेपाल ४७.४ ओभरमा २०६ रनमा अलआउट भयो।

अली खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिदैं नेपाललाई रोकेका थिए। नेत्राभाल्करले अन्तिम ५ मध्येको ३ विकेट लिए। आरिफ र सोमपालको साझेदारी नेत्राभाल्करले नै तोडेका थिए। ४५ औं ओभरमा आरिफ ६३ रन बनाई आउट भए भने त्यसपछि नेत्राभाल्करले करण केसी (१) र कप्तान सन्दीप लामिछाने (०) लाई लगातार बलमा बोल्ड गरे।

आरिफलाई आउट गरेपछि नेत्रभाल्करले सोमपाललाई रनआउट गरे। नेपालबाट आउट हुने अन्तिम ब्याटर आदिल आलम थिए। उनले अलीको बलमा मिडविकेट बाउन्ड्री लाइनमा क्याच दिन पुगे। नेत्राभाल्करले ९ ओभरमा ४४ र अलीले ८.४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चे।

कुशल भुर्तेल १० र आसिफ शेख १८ रनमा आउट भए। क्रिजमा आए लगत्तै छक्का प्रहार गरेका उपकप्तान रोहित पौडेल १९ रनमा आउट भए। देव खनाल रनआउट हुनु नेपालको दुर्भाग्य बन्यो। उनले ४७ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। अमेरिका भ्रमणमा ठुलो स्कोर बनाउन नसकेका दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएपछि आरिफ र सोमपालले नेपाली इनिङ्स तानेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर