२५ भदौ २०८१, मङ्गलबार

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स संक्रमणको आशंका

  • २ असार २०७९, बिहिबार
Image

काठमाडौं- नेपालमा एक जनालाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ।  दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो।

ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु अस्पतालले जनाएको छ। आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो।अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

मंकिपक्स रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने र भाइरस श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छालामार्फत् सर्नसक्ने जनाइएको छ।

यस्तै, बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो फैलनसक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर