३२ असार २०८१, सोमबार

घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ नगरे आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गर्ने चेतावनी : राप्रपा

  • ९ असार २०७९, बिहिबार
Image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्यायपरिषदमा निवेदन दर्ता गरेको छ ।

पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले घुस काण्ड सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरी थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो । निवेदन दर्तापछि शाहीले तत्काल उनीहरूलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिएका छन् ।

मुलुकका विधिको शासन कायम गर्न पनि सबैलाई बराबरको कानुन हुनुपर्ने राप्रपाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर