१६ चैत २०८०, शुक्रबार

बालबालिकासँग अवैध समलिंगी सम्बन्ध राखेको भन्दै ६ जनालाई मृत्युदण्ड

  • १८ असार २०७९, शनिबार
Image

अबुजा- नाइजेरियामा दईवटा फरक–फरक मुद्दामा छजना व्यक्तिलाई मृत्युदण्ड सनुाइएको छ। मुस्लिम बाहुल्य बाउची राज्यमा एउटा उच्च इस्लामिक सरिया अदालतले तीनजना पुरुषलाई ढुंगाले हानेर मार्ने आदेश दिएको छ। 

उनीहरूलाई बालबालिकासँग  समलिंगी सम्पर्क राखेको अभियोगमा दोषी ठहर गरिएको हो। अदालतका एकजना अधिकारीले समलिंगी कार्यमा संलग्न दोषीमध्ये दुईजना युवक तथा एकजना करिब सत्तरी वर्षीय वृद्ध रहेका बताएका छन्। उनीहरूसँग अदालतको यस फैसलाविरुद्ध एक महिना भित्र अपिल गर्ने अधिकार छ। 

सरिया लगायत धर्मनिरपेक्ष कानुनसमेत रहेका उत्तरी नाइजेरियाका एक दर्जन राज्यमध्ये बाउची पनि एक हो। 

नजिकैको प्ल्याट्यु राज्यको धर्मनिरपेक्ष अदालतले बिहीबार अर्को मुद्दाको फैसला गर्दै तीन जना पुरुषलाई झुण्ड्याएर वा विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिन आदेश दिएको छ। 

उनीहरूलाई सन् २०१५ मा क्रिसमस मनाइरहेका मानिसहरूबीच विवाद हुँदा एकजना कलिलो उमेरका युवकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको थियो। उनीहरूका वकिलले भने मृत्युदण्डविरुद्ध अपिल गर्ने बताएका छन्। 

नाइजेरियामा विरलै मात्र मृत्युदण्ड कार्यान्वयन हुने गरेको छ। मृत्युदण्ड पाएका अधिकांशको सजाय आजीवन कारावासमा परिणत हुने गरेको छ। नाइजेरियामा मृत्युदण्ड दिइनु पूर्व सम्बन्धित राज्यका गभर्नरको अनुमोदन लिनु आवश्यक छ।    

प्रतिक्रिया

सम्बन्धित खवर