३२ असार २०८१, सोमबार

काठमाडौंमा थप चार जनामा हैजा संक्रमण, संक्रमितको संख्या २७ पुग्यो

  • २४ असार २०७९, शुक्रबार
Image

काठमाडौं- काठमाडौं उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको जानकारी दिए।

थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको सङ्ख्या २७ पुगेको छ। उनका अनुसार कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ।

कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला रहेका छन्।

कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर