१६ चैत २०८०, शुक्रबार

मेरै तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर शाह

  • २५ असार २०७९, शनिबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह शाहले आफ्नै तलवबाट यमबुद्धको सालिक बनाउने बताएका छन्। शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले लेखेका छन्, 'म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।' महानगरले यमबुद्धको सालिक बनाउनका लागि १५ लाख बजेट छुट्याएको छ। यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि बालेन्द्र आफैंले सामाजिक सञ्जालमार्फत आफ्नै तलबाट बनाउने घोषणा गरेका हुन्।

महानगरको बजेटमा बालेन्द्रको आफ्नो निकट रहेकाको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो। र्‍याप गीत गाउँदा ‘यमबुद्ध’ भनेर चिनिने अनिल अधिकारीले ०७३ सालमा आत्महत्या गरेका थिए। उनको निधन लण्डनमा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर