९ असार २०८१, शनिबार

इन्जा ग्रामीण पत्रकारिता पुरस्कार दीपा कर्णलाई

  • १० साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ।

५० पचास हजार धनराशीसहित कर्ण र मेलम्ची रेडियोलाई  पुरस्कृत गर्ने इन्जा निर्णायक मण्डलले निर्णय गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टङ्क पन्तले जनाए । 

एक दशकदेखि सप्तरीको स्थानीय रेडियो हुँदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको विकास, संरक्षण र प्रवर्द्धन एवं मधेशका समाचार प्रवाहमा उल्लेख्य योगदान पुर्‍याउँदै आइकी कर्णले ग्रामीण जीवन, त्यसमा पनि तराईमा लैंगिक समानताका लागि पत्रकारितामार्फत क्रियाशीलता बढाउदै आएकी छिन् । 

यस्तै ग्रामीण आवाजलाई उजागर गर्ने उद्देश्यले ०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीमा प्रसारण सुरु भएको थियो। रेडियो मेलम्चीले १०७.२ मेगाहर्जबाट स्थानीय नागरिकलाई सुसूचित गर्ने र उनीहरूका आवाजलाई जस्ताकोजस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर