७ वैशाख २०८१, शुक्रबार

रामचन्द्र पौडेल र भारतीय राजदूतबीच भेटवार्ता

  • १२ साउन २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन्। राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन्।

वरिष्ठ नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ।

वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर