१७ वैशाख २०८१, सोमबार

९० लाखको बैंकिङ कसुर मुद्दाकी प्रतिवादी थापा पक्राउ

  • १७ साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ९० लाख बैंकिङ कसुरसम्बन्धी मुद्दाकी प्रतिवादी माया बस्नेत थापालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेकी खोटाङको दिक्तेल घर भई काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ वर्षीया माया बस्नेत थापालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेकी थापालाई ९० लाख भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर