१६ चैत २०८०, शुक्रबार

दुईतर्फी खुल्‍यो नारायणगढ-मुग्लिन सडकखण्ड

  • १८ साउन २०७९, बुधबार
Image

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको छ। बुधबार बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो।

सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको जानकारी दिए। धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको २३ घण्टापछि गएराति ९ बजेतिर बाटो खुलाइएको थियो। तर आज बिहान साढे २ बजेतिर फेरि पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो। लामो समय जाममा पर्दा यात्रुहरु मर्कामा परेका छन्। खासगरी बालबालिका, ज्येष्ठ नागरिक र विरामीहरु समस्यामा छन्।


प्रतिक्रिया

सम्बन्धित खवर