३२ असार २०८१, सोमबार

विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष निर्माण, भदौमा प्रतियोगिता हुने

  • २३ साउन २०७९, सोमबार
Image

काठमाडौं- विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ। मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष ’मुस्ताङ गल्फ कोर्ष’ निर्माण भएको हो।

मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइको रहेको छ। यस अघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ। उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ। गल्फ कोर्ष ९ होलको रहेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराइएको छ।

उक्त गल्फ कोर्षमा आगामी भदौमा ’टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना समेत हुने भएको छ। प्रतियोगिता भदौ ११ गते गर्ने तयारी गरिएको छ।

स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने बताइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर