१६ चैत २०८०, शुक्रबार

भदौ १२ र १३ गते नेपालकै सर्वाधिक ठूलो शैक्षिक मेला 'स्टडी इन नेपाल' हुँदै

  • ६ भदौ २०७९, सोमबार
Image

काठमाडौं- नेपाल उच्च शिक्षा मेला (स्टडी इन नेपाल) को आठौं संस्करण २०७९ भदौ १२ र १३ गते (२८-२९ अगस्ट) हुने भएको छ। काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजना हुने कलेजमा ५० भन्दा बढी कलेजहरु सहभागी हुनेछन्।

स्वदेशमै गुणस्तरीय उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई स्‍नातक तहका लागि उपयुक्त शैक्षिक संस्था र विभिन्‍न कोर्सबारे सम्पूर्ण जानकारी नि:शुल्करूपमा प्रदान गर्ने ध्येयका साथ एजुकेसन डटकमले दुई दिवसीय मेला आयोजना गर्न लागेको हो। मेलामा विशेषगरी व्यवस्थापन, आइटी र सामाजिक विज्ञानसँग सम्बद्ध ५० भन्दा बढी उत्कृष्ट कलेजहरूको सहभागिता रहनेछ। 

विश्वसँग प्रतिस्पर्धा गर्न र समयानुकूल अघि बढ्न विदेशी शिक्षा लिनुपर्छ र विदेशमा मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने संस्कारलाई तोड्दै विद्यार्थीहरूलाई स्वदेशमै विशिष्ट शिक्षा लिन मार्गप्रशस्त गर्न मेला आयोजना गरिएको आयोजकले जनाएको छ। 

शिक्षाको गुणस्तरलाई सुधार गरे नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा दिन सक्ने शैक्षिक संस्थाहरू रहेको र विदेशमा महँगो शुल्क तिरेर शिक्षा लिनुभन्दा स्वदेशमै कम खर्चिलो, गुणस्तरीय, मौलिक, प्रयोगात्मक र व्यवहारिक शिक्षा लिन सकिन्छ भन्ने तथ्यलाई जोड दिई 'स्टडी इन नेपाल'को अवधारणा ल्याइएको हो।

'स्वदेशमा शिक्षा, सबैको इच्छा' भन्ने नारासहित आयोजना गरिने मेलाको मुख्य प्रयोजन अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने किसिमको स्वदेशी गुणस्तरीय शिक्षालाई प्रोत्साहन गर्नु रहेको छ। विश्व प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति उत्पादन गर्ने शिक्षा नेपालमा नै लिन सकिन्छ र स्वदेशी शिक्षाबाट मौलिक ज्ञान र सीपलाई पनि जीवन्त राखिराख्न सकिन्छ भन्ने अभिप्राय लिई मेलाको आयोजना गरिएको हो।


सन् २०१५ देखि सुरु गरिएको यस मेलाको सातवटा संस्करण सफलतापूर्वक सम्पन्‍न भइसकेको छ। यस मेलाले सुरुवातदेखि नै अन्योलमा रहेका तथा जिज्ञासु विद्यार्थीहरूलाई विभिन्न विषय क्षेत्र, शुल्क, अध्ययन अवधि, छात्रवृत्तिजस्ता विविध विषयवस्तुबारे नि:शुल्क जानकारी दिँदै आइरहेको छ। 

विदेशका महँगा कलेजहरूमा मात्र गुणस्तरीय शिक्षा पाइन्छ भन्ने सोचलाई गलत साबित गर्दै प्रतिवर्ष हजारौं विद्यार्थीहरूलाई स्वदेशी शिक्षा लिन प्रेरणा र मार्गदर्शन प्रदान गर्न 'स्टडी इन नेपाल' सफल भएको छ। कोभिड-१९ र लकडाउनका बावजुद पनि सन् २०२० मा भर्चुअल माध्यमबाट मेला आयोजना गरिएको थियो। विगतका वर्षहरूमा जस्तै यस संस्करणले पनि बढीभन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गराउन सक्नेछ भन्ने अपेक्षा लिइएको छ।

सन् २०१५ मा भएको मेलामा पाँच हजार, सन् २०१६ मा ६ हजार, सन् २०१७ मा ९ हजार, २०१८ मा १८ हजार, सन् २०१९ मा २० हजार, सन् २०२० मा ८ हजार र सन् २०२१ मा १० हजारभन्दा बढी विद्यार्थीहरु मेलामा सहभागी भएका थिए। सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण मेला भर्चुअल गरिएको थियो। कोरोना महामारीका कारण सहभागिता कम भए पनि यसवर्ष सहभागी हुने विद्यार्थीहरुको संख्यामा तीव्र वृद्धि हुने बताइएको छ। 

विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सम्बद्ध ५० वटाभन्दा बढी ख्यातिप्राप्त कलेजहरूको सहभागिता मेलामा देख्‍न पाइनेछ। विद्यार्थीहरूले इन्जिनियरिङ, आइटी, सिए, हस्पिटालिटी, व्यवस्थापन, सामाजिक विज्ञानलगायत विविध विषय, क्षेत्रसँग सम्बन्धित बहुप्रतिष्ठित कलेजहरूबाट नि:शुल्क प्रत्यक्ष परामर्शको लाभ उठाउन सक्नेछ्न्। एउटै थलोमा पचासौं उत्कृष्ट कलेजहरूको कोर्स अफर, सुझाव र परामर्श यस मेलाको मुख्य आकर्षण रहनेछ। 


प्रतिक्रिया

सम्बन्धित खवर