१५ चैत २०८०, बिहिबार

कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

  • १६ भदौ २०७९, बिहिबार
Image

धनगढी- कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–३ र १९ मा नदीमा डुबेर दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले धनगढी-३ मा स्थानीय मोहन रानाका छोरा १० वर्षीय प्रिन्स र धनगढी–१९ स्थित मोहना नदीमै २७ वर्षीय माने भनिने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जानकारी दिए।

नदीमा डुबेर बेपत्ता भएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर