९ असार २०८१, शनिबार

असंवैधानिक संसद् विघटन सही भएको ओलीको दाबी

  • १ असोज २०७९, शनिबार
Image

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई-दुई पटक असंवैधानिकरुपमा गरेको संसद् विघटन सही भएको दाबी गरेका छन्। सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुन:स्थापनालाई असंवैधानिक कदमको संज्ञा दिएका हुन्।

शनिबार प्रतिनिधिसभा अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताए।

आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको पनि उनले दोहोर्‍याए। उनले भने, 'गत वर्ष वैशाख १७ र २७ गते चुनाव गर्दा प्रतिगमन कहाँ आउँथ्यो। निर्वाचनमा जानुलाई प्रतिगमन भनिँदैन। परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन हो।'

त्यस्तै परमादेशकै कारणले सदनमा ओलीसँग संसद्‍मा भेट भएको बताएका थिए। त्यसै प्रसंगलाई उप्काउँदै ओलीले भने, 'आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ? प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला कि भनेर त्यसलाई सही बाटोमा लैजान मात्र भनेको हुँ। अहिले भ्रष्टाचार त के कुरा गर्नु र ? '...भन्दा देख्नेलाई लाज' एउटा नेपालीमा उखान छ त्यसको आधी मात्र भनेको . भ्रष्टाचारको उन्मूलन संविधान र कानुनबमोजिमको राज जनताले आकांक्षा गरेका हुन्छन्।बाहिरबाहिर एकथोक भनिने र भित्रभित्र अर्कोथोक गरिने अपेक्षा गरेका हुँदैन जेहोस् सम्माननीय प्रमले यसो कुरा उप्काउनु भएको हुनाले मात्र यो कुरा भनेको हुँ।'

प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर