४ असोज २०८०, बिहिबार

दसैँघरमा फूलपाती भित्र्याइयो (फोटो फिचर)

  • १६ असोज २०७९, आइतबार
Image

काठमाडौं- हनुमान ढोकास्थित दसैँमा फूलपाती भित्र्याइएको छ। आइतबार नेपालीहरूको महान चाड बडादसैँअन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दसैँघरमा फूलपाती भित्र्याइएको हो।

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित आइतवार साँझ दशैं घरमा भित्र्याइएको हो। गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ।

फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो।

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गर्ने चलन छ ।












प्रतिक्रिया

सम्बन्धित खवर