९ असार २०८१, शनिबार

कुन दलबाट को बने समानुपातिक उम्मेदवार? (सूचीसहित)

  • २३ असोज २०७९, आइतबार
Image

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए। उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ।  

प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ। बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ।  

यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर