८ वैशाख २०८१, शनिबार

दक्षिणी सुडानमा जातीय हिंसा भड्किँदा २२० जनाको मृत्यु, सैन्य कमाण्डर बर्खास्त

  • ८ कार्तिक २०७९, मङ्गलबार
Image

जुबा- दक्षिणी सुडानमा आदिवासी जातीय समुदायमा केही दिनदेखि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या २२० जना पुगेको छ। इथियोपियासँग सीमा जोडिएको ब्लु नाइल प्रान्तमा भूमि विवादका विषयमा हिंसा भड्किँदा उनीहरूको मृत्यु भएको हो। 

वाड अल मही सहरमा बुधबार र मंगलबार भूमि विवाद चर्किएको थियो। सरकारी तथ्यांकअनुसार हिंसामा कम्तीमा २२० जना मारिएको भएपनि उक्त संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ।

घटनास्थलमा उद्धार टोली पुग्न सकेको छैन। हिंसाका बीच वाड अल मही क्षेत्रमा रातको समयमा कर्फ्यू लगाउनुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार उक्त क्षेत्रमा पटकपटक भएका भीडन्तमा ठूलो संख्यामा घरहरू जलाइनुका साथै यस क्षेत्रबाट ७ हजारभन्दा धेरै मानिसहरू भागेर रस्यारिस सहरमा गएर बसोबास गरेका छन्। 

हिंसा भड्किएपछि उक्त क्षेत्रका सैन्य कमाण्डर बर्खास्त गरी नाबिल अब्दुलाहलाई सैन्य कमाण्डर नियुक्त गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर