काठमाडौं- २०७४ सालको निर्वाचनमा कञ्चनपुर-२ बाट निर्वाचित भएका नेकपा एमाले नरबहादुर धामी अहिले फेरि चुनावको सम्मुखमा जनताको घरदैलोमा पुगिरहेका छन्। जनताको घरदैलोमा गएर उनले भोट मागिरहँदा जनताले भने विगत पाँच वर्षमा उनले गरेका कामहरुको हिसाब खोजीरहेका छन्।
तर, उनीसँग कञ्चनपुर-२ का जनताका लागि गरेको र जनतालाई बुझाउनसक्ने कुनै उल्लेखनीय काम गर्न सकेका छैनन्। उनले ओठे जवाफ फर्काउने गरेका छन्, 'कोरोना महामारीले गर्दा गाउँ आउन पाइएन।'
कोरोना महामारीको समयमा जनताले प्राणवायु अक्सिजन नपाउँदा जनताले आफ्नो अभिभावन र सरकारमा जाने प्रतिनिधि भनेर चुनिएका नरबहादुर भने मोबाइल अफ गरेर काठमाडौंमा नै बसेका थिए। कयौं बिरामीहरुले काठमाडौं आएर उनलाई भेट्न खोज्दा पनि आफू व्यस्त भएको जवाफ फर्काउने गरेका थिए।
दुई तिहाइ बहुमतको सरकारका नेता र सांसद् हुँदा पनि आफ्नो क्षेत्रको विकासका लागि कुनै उल्लेखनीय काम गर्न सकेनन्। स्पष्टरुपमा भन्दा उनको पाँच वर्षमा जनताले आफ्नो जनप्रतिनिधि भएको महसुस गर्न पाएनन्। कुनै काम गर्न नसक्ने, पार्टी केन्द्रमा र सरकारमा कुनै पहुँच स्थापित गर्न नसक्ने र जनताका सुखदुखमा साथ दिन नसक्ने धामीले फेरि आफूलाई जिताउनका लागि मत मागिरहँदा जनताले भने उनलाई गिज्याइरहेका छन्।
उनै धामीले वाम गठबन्धनको आडमा पराजित गरेका एनपी साउद भने निरन्तर जनताको सेवामा खटिए। आफ्नो क्षेत्रमात्र नभएर सिंगो जिल्ला र सुदूरपश्चिमका जनताको सुखदु:ख उनीहरुकै घरदैलोमा पुगेर खुसी र दु:ख बाँडे र कति ठाउँमा सान्त्वना दिएर फर्किए।
कोरोना संक्रमणबाट जोगिने उपायहरु खोजी गर्दा र संक्रमितको उपचार नपाएर जनताहरु छट्पटिरहँदा कञ्चनपुर-२ का जनताले जिताएका जनप्रतिनिधि काठमाडौंमा आराम गरिरहेका थिए भने पराजित भएका साउँद आफैं त्यस क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराउने, संक्रमितको उपचारको व्यवस्था गर्ने, अक्सिजन अभाव भएका ठाउँमा अक्सिजन उपलब्ध गराउनेलगायतका काममा सक्रिय भए।
सुदूरपश्चिममा अक्सिजन अभाव हुँदा १०० सिलिण्डर अक्सिजन बोकेर नेता साउँद आफैं विभिन्न अस्पतालहरुमा पुगेका थिए।
यतिमात्र नभएर विभिन्न शिविरमा खाद्यान्न पुर्याए, लत्ताकपडा, अपांगलाई ह्विलचेयरलगायतका अत्यावश्यक सामग्री लगेर नागरिकका असहजतामा हाजिर भए। महामारीमा मात्र नभएर उनले समग्र कञ्चनपुरको विकासका लागि नेता साउँदको ठूलो भूमिका रहेको छ। सडक, पुल, सिचाईं, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यमा नेता साउँदले गरेको विकास निर्माणका कामहरु उल्लेखनीय रहेका छन्।
जनताको द:खमा साथ दिनुको साटो भाग्ने नेकपा एमालेका उम्मेदवार नरबहादुर धामी भोट माग्दै गाउँ पसे पनि निराश भएर फर्किनुपर्ने अवस्था छ भने सुखदु:खका सारथी साउदलाई जनताले नै आफूहरुको चिन्ता नलिन र नमिलेका ठाउँहरुमा गएर मिलाउन आग्रह गरिरहेका छन्।
चुनावी अंकगणितमा पनि धामी कमजोर
अघिल्लो चुनावमा वाम गठबन्धनको साहरामा जितेका नरबहादुर धामीलाई यस पटक सत्तारुढ गठबन्धन हुँदा एनपी साउद भारी पर्ने देखिन्छन्। २०५१ को मध्यावधि निर्वाचनमा तीन क्षेत्र कायम गरिएकामा तीन वटै क्षेत्र एमाललेले हात पारेको थियो। त्यतिबेला क्षेत्र–१ मा रामकुमार ज्ञवाली, २ मा भोजराज जोशी र ३ मा उर्बादत्त पन्त विजयी भएका थिए।
धामी यसअघि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र–३ मा कांग्रेसका बहादुर थापासँग पराजित भएका थिए।
१ लाख ७ हजार मतदाता भएको क्षेत्र-२ बाट निवर्तमान सांसद धामीले आफ्नो कार्यकालमा क्षेत्र–२ का समस्या संसद्मा आवाज उठाएको बताउँछन्। तर, उनले काम भने केही गर्न सकेका छैनन्। उल्टै संसद्मा निदाएको, मर्यादापालकको काँध चढेकोजस्ता दृश्यले उनी विवादित बनेका थिए।
२०७४ को प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए। प्रदेशतर्फ माओवादी केन्द्रका महेशदत्त जोशी १७ हजार ६ सय ७२ मत ल्याएर विजयी हुँदा कांग्रेसका पुष्करनाथ ओझाले १२ हजार ४ सय ६२ मत पाएका थिए । प्रदेश ‘ख’तर्फ एमालेका लालबहादुर खड्काले कांग्रेसका बहादुरसिंह थापालाई पराजित गर्दै जित हात पारेका थिए।
यसपालि बहादुरसिंह थापा प्रदेश ‘ख’बाट प्रदेशसभा उम्मेदवारमा दोहोरिएका छन्। उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार कृपाराम राना रहेका छन्। त्यसैगरी क्षेत्र–२ ‘क’बाट सत्ता गठबन्धनबाट माओवादीका ओमविक्रम भाट र प्रतिद्वन्द्वीका रूपमा एमालेका बचन सिंह चुनावी मैदानमा छन्। क्षेत्र नम्बर २ मा स्थानीय तहको परिणामअनुसार सत्तागठबन्धन बलियो देखिन्छ। यो क्षेत्रमा बेदकोट नगरपालिका (८ नम्बरबाहेक), शुक्लाफाँटा र कृष्णपुर नगरपालिकासहित ३० वडा छन्।
स्थानीय तहमध्ये बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले मेयर–उपमेयर दुवै जितेको छ। शुक्लाफाँटा नगरपालिकामा उपमेयर मात्रै कांग्रेसले जितेको छ भने मेयर एमालेले जितेको छ। यहाँ स्थानीय चुनावमा एमाले, कांग्रेस एक्लाएक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर लडेका थिए।
क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तीन स्थानीय तहमा कांग्रेसका प्रमुखका उम्मेदवार एक्लैले कूल २४ हजार ६७६ मत बटुलेका छन्। एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीसँग पनि १० हजार हाराहारी मत छ।
माओवादीको समर्थनमा बेदकोट नगरपालिकामा मेयरका उम्मेदवार एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र शुक्लाफाँटामा एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादीका नवराज ऐरले ५ हजार २२५ मत ल्याएका थिए।
यस्तै, एक्लै लडेको कृष्णपुर नगरपालिकामा माओवादीका उम्मेदवार जोगराज चौधरीले ८ हजार २०० र एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बलले ६७५ मत ल्याएका थिए। समाजवादीका रेग्मी र बम अहिले एमालेमै फर्किएका छन्। एमालेसँग क्षेत्र नम्बर २ मा १७ हजार बढी मत छ। एमालेका प्रमुखका उम्मेदवारले तीनै स्थानीय तहमा १७ हजार ९८७ मत बटुलेका छन्।
३० वडामध्ये कांग्रेसले १५ वडा, माओवादीले ८, एमाले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको छ।
कांग्रेसले २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोटका १, ३, ४, ५ र ७, शुक्लाफाँटाका ४, ५, ६, ९, १० र ११ तथा कृष्णपुर नगरपालिकाका १, ५, ८ र ९ वडा जितेको छ। माओवादीले बेदकोटको वडा नम्बर ६, १०, शुक्लाफाँटाको ३, ८ र कृष्णपुरको २, ३, ४, ६ जितेको छ। एमालेले बेदकोटको वडा नम्बर २, ९, शुक्लाफाँटाको १, २, ७ र कृष्णपुरको ७ जितेको छ। एकीकृत समाजवादीले शुक्लाफाँटा–१२ मा जितेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation