६ वैशाख २०८१, बिहिबार

गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास

  • २१ कार्तिक २०७९, सोमबार
Image

काठमाडौं- गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेका हुन् ।

उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ। गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन्। आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ।

दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए। सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ। कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको बताइएको छ।

दूतराज अहिले सामान्य अवस्थामा छन्। अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन। सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन्।

दूतराज छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्। दूतराजले ‘घर कता हो बैनीको‘’ ‘जाम भो माइली‘’ ‘चोली मैलै भो‘’, ‘रेलिमाई‘’ लगायत चर्चित गीतहरू गाएका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर