१६ चैत २०८०, शुक्रबार

प्रजातन्त्र सेनानी तिलकप्रसाद सापकोटाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

  • २४ कार्तिक २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी तिलकप्रसाद सापकोटाको निधनप्रति दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार शोक विज्ञप्ति जारी गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट–८ निवासी प्रजातन्त्र सेनानी एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा ७७ वर्षीय सापकोटाको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

विक्रम संवत् २०४८ सालको आम निर्वाचनमा नवलपरासीको २ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका सापकोटाले कांग्रेसको विभिन्न तहको सांगठनिक पदमा रहेर कार्य गरेका कांग्रेसले जनाएको छ। स्व. सापकोटाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलन तथा संघर्षका क्रममा पटक–पटक जेल जीवन बिताएका थिए।

शैक्षिक तथा सामाजिक अभियानकर्मीका रूपमा परिचित सापकोटाको निधनबाट कांग्रेसले एक अग्रज अनुभवी नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ। सापकोटाको निधनप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

‘नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा सापकोटाको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ, स्व. सापकोटाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ,’ सभापति देउवाले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर