१६ चैत २०८०, शुक्रबार

माधव नेपालको आरोप- ओली नेततृत्वको गठबन्धन राष्ट्रघाती हो

  • १ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन्।

लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं-२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन्। 

उनले परमादेशaबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी समेत गरे।

तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै २०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्वीकार गरेर झुट प्रचार गरिरहेको अध्यक्ष नेपालको भनाइ थियो।

उनले जनताले दिएको मतलाई स्वीकार गरेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि आम मतदातालाई अपिल गरे। अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनलाई राष्ट्रघाती भन्दै आक्रोश व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर