१६ चैत २०८०, शुक्रबार

समानुपातिक मत : एमालेले २५ लाख कटायो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

  • १२ मंसिर २०७९, सोमबार
Image

काठमाडौं- समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबैभन्दा बढी २५ लाख २२ हजार ७२० मत प्राप्त गरेको छ।  

दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार ८८९ मत प्राप्त गरेको छ।

चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ५४ हजार ९९७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४४ हजार  ४७० मत, जनता समाजवादी पार्टीले तीन लाख १९ हजार ४५० मत प्राप्त गरेको छ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले दुई लाख ४९ हजार ११८ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार ९३३ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन्।

समानुपातिकतर्फ ९२ लाखभन्दा बढी मत गणना भइसकेको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल ६१ प्रतिशत मतदान भएको थियो। सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर