७ वैशाख २०८१, शुक्रबार

कस्तो रहला आज दिनभरको मौसम?

  • १५ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ। 

तराईका भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर