१६ चैत २०८०, शुक्रबार

मदन भण्डारी हत्याकाण्डको छानबिन समिति संयोजकको निधन

  • २१ मंसिर २०७९, बुधबार
Image

काठमाडौं- नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी हत्याकाण्डको छानबिन गर्न बनेको समितिका संयोजक रहेका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ। 

बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो। ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए।

जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए।

उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक थिए। तत्कालिन सरकारले न्यायाधीशबाट अवकाश भइसकेका अनिलको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटना हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर