काठमाडौं- काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा १० औं नम्बरमा परेको छ। विश्व तथ्यांक (वर्ल्ड स्टाटिक्स)का अनुसार काठमाडौंको वायु विश्वको १०औं प्रदूषित सहरभित्रको सूचीमा छ।
उक्त सूचीको पहिलो नम्बरमा बंगलादेश, दोस्रोमा चाड, तेस्रोमा पाकिस्तान, चौथोमा ताजिकिस्तान, पाँचौमा भारत, छैटौंमा ओमान, सातौंमा क्रिर्गिस्तान, आठौंमा बहराइन र नवौंमा इराक परेका छन्।
केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल सफा छैन। बिहान तुवाँलोले वायुमण्डल ढाकिरहेको छ। आँखा पिरो हुने, चिलाउने र नाक पोल्ने अनुभव हुन थालेको छ। गत वर्ष सरकारले प्रदूषण बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय नै लिनु परेको थियो।
पोलुनस डट जीओभी डट एनपीका अनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ। पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षेत्रको वायु पनि प्रदूषित अवस्थामा पुगेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation