१३ माघ २०७९, शुक्रबार

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा

  • ४ पुष २०७९, सोमबार
Image

काठमाडौं- नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ। समाजका अध्यक्ष शम्भुजीत बास्कोटाको अध्यक्षतामा सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो।

नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रदान गरिने पुरस्कार तथा सम्मानमा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकडिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, सङ्गीत संयोजक फणीन्द्र राई, गायक बिके राना, कन्हैया सिङ्ग परियार, गीतकार शुभ मुकारुङ, अमर बान्तुलाई प्रदान गरिनेछ।

‘नातिकाजी राष्ट्रिय सङगीत पुरस्कार २०७८’ रचनाकार एकनारायण भण्डारी, सङ्गीतकार कालीप्रसाद बास्कोटा, गायक राज सिग्देल, गायिका माण्डवी त्रिपाठीलाई प्रदान गरिनेछ भने ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७८’ गीतकार देवेन गिरी, सङ्गीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले, गायिका अस्मिता अधिकारी तथा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७८’ सङ्गीतकार चन्दनकुमार श्रेष्ठलाई प्रदान गरिने आयोजित कार्यक्रममा जानकारी दिइयो।

‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा बाह्य पुरस्कार सङ्गीत संयोजक रविन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार २०७८’ लोक गायिका देवी घर्तीलाई प्रदान गरिनेछ।

यस्तै, ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७८’ पत्रकार डब्बु क्षेत्री र कुवेरराज गिरीलाई प्रदान गरिनेछ। ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ भने गायक आशिष सचिन गौतमलाई प्रदान गरिनेछ।  सम्मान तथा पुरस्कारको राशि जनही ११ हजार एक सय ११ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर